Rule 40
निम्न माध्यमिक शिक्षा उत्तीर्ण परीक्षाको परिचालन र नियन्त्रण
(१) निम्न माध्यामिक शिक्षा उत्तीर्ण परीक्षाको परिचालन र नियन्त्रण गर्नको लागि देहाय बमोजिमको निम्न माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा समिति रहनेछः–
(क) जिल्ला शिक्षा अधिकारी – अध्यक्ष
(ख) निम्न माध्यमिक र माध्यमिक तहका विद्यालयका शिक्षकहरूको प्रतिनिधित्व हुने गरी कम्तीमा एकजना महिला सहित जिल्ला शिक्षा अधिकारीले मनोनीत गरेका तीनजना – सदस्य
(ग) जिल्ला शिक्षा कार्यालयको परीक्षा शाखा हेर्ने अधिकृत – सदस्य– सचिव
(२) उपनियम (१) बमोजिम गठित समितिमा मनोनीत सदस्यको पदावधि तीन वर्षको हुनेछ ।
(३) …………….
(४) परीक्षा समितिले सम्बन्धित विषयका विशेषज्ञलाई परीक्षा समितिको बैठकमा भाग लिन आमन्त्रण गर्न सक्नेछ ।
(५) परीक्षा समितिको बैठक सम्बन्धी कार्यविधि सो समिति आफैंले निर्धारण गरे बमोजिम हुनेछ ।